
सुनचाँदीको मूल्य शुक्रबार नेपाली बजारमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ७०० रुपैयाँ, तेजावी ९१ हजार २०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३२० रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया