खुद ब्याज घटेपनि अन्य सञ्चालन आम्दानीको सुधारले रिलायन्सको खुद नाफा बढ्यो

0
Shares

रिलायन्स फाइनान्स (RLFL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गत आवको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ३३ प्रतिशतले घटेपनि खुद नाफा भने ३७ प्रतिशतले बढाएको छ ।

खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानीबाट १३ करोड ६८ लाख बढी नाफा कमाएपछि फाइनान्सको नाफा सुधारिएको हो ।

चैत मसान्तसम्म फाइनान्सले ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा ३७.३१ प्रतिशत बढेको हो ।

रिलायन्स फाइनान्स लिमिटेडले यस अवधिमा १० करोड ७९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार रहेको फाइनान्सको प्रतिशेयर आम्दानी १३.९१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५५.३२ रुपैयाँ कायम भएको छ ।

चैत मसान्तसम्ममा फाइनान्सले ५ अर्ब ७७ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १९ करोड २८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट फाइनान्सले १० करोड ७१ लख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १२ करोड ४० लाख ४९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको निक्षेप निक्षेप १८.४५,कर्जा १६.३९, सञ्चालन नाफा ३७.३१ प्रतिशत बढेको छ।

यस अवधिमा फाइनान्सको जगेडा कोषको आकार १५ प्रतिशत बढेर २४ करोड ४६ लाख सञ्चित हुँदा शेयरधनी कोष ८३४ प्रतिशत बढेर २१ करोड ४७ लाख पुगेको छ ।

चैत मसान्तसम्ममा फाइनान्सको खराब कर्जा अनुपात १.८८ प्रतिशत, पूँजीकोष अनुपात २६.३३ प्रतिशत, आधारदर ९.९०, कोषको लागत ६.९६ प्रतिशत र मूल्य आम्दानी अनुपात २१.०७ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० बैशाख २०७८, शुक्रबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।