नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।
बैंकले गत पुस २१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरेको हो । उक्त मितिपछि शेयर अभौतिकीकरण (डिम्याट) गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा नै बोनस शेयर जम्मा गर्दै जाने बैंकले जनाएको छ ।
यस्तै हालसम्म कागजी शेयर धारण गरेका शेयरधनीलाई बैंकले उक्त कागजी शेयर शेयर कुनैपनि निक्षेप सदस्य कहाँ डिम्याट खाता खोलेर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।
बैंकको गत माघ ८ गते सम्पन्न ३४ औं साधारण सभाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । नगद लाभांश भने बैंकले यसअघि नै वितरण गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया