नारायणी डेभलपमेण्ट बैंक (NABBC) ले जारी गरेको चुक्ता पूँजीको १ बराबर १ अनुपातको हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।
बैंकले गत पुस २८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीलाई जारी गरेको हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।
यस्तै बैंकको कागजी शेयर धारण गरेका का शेयरधनीहरुलाई शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल अथा पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क राखी भौतिक शेयरलाई अभौतिकीकरण गराउन पनि कम्पनीले भनेको छ ।
बैंकले उक्त मिति पछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा नैहकप्रद शेयर जम्मा गरिने जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया