बेष्ट फाइनान्स (BFC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ६ करोड ६ लाख नाफा कमाएको फाइनान्सको नाफा समीक्षा अवधिमा १७.३६ प्रतिशतले बढेको हो ।
चैत महिनासम्ममा फाइनानसले दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७४ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सले ८ करोड ७७ लाख ९४हजार रुपैयाँ खुद ब्याज आम्दानी र ६ करोड ४८ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
चुक्ता पूँजी ८२ करोड ८९ लाख रुपैयाँ फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ११.४५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १११.६४ रुपैयाँ, खराब कर्जा अनुपात १४.७३ प्रतिशत र मूल्य आम्दानी अनुपात १४.८५ गुणा छ ।
फाइनान्सको जगेडा कोष ३६ करोडबाट बढेर ४१ करेड पुग्दा र शेयरधनी कोष ३१ करोड ७७ लाख रुपैयाँले ऋणात्मक छ ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २७.५१ प्रतिशत, सञ्चालन नाफा २५.३१ र कर्जा लगानी ९.८७ प्रतिशतले घटेको छ भने निक्षेप १८.८३ प्रतिशतले बढेको छ । कोषको लागत ६.८९, कर्जा निक्षेप अनुपात ६१.१७, आधारदर १०.४३, स्प्रेडदर ४.६८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १११.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.८५ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया