दुई दिनमै सूचक १४१ अंक घट्यो, नेप्से २५०६ बिन्दुमा

0
Shares

कोरोना भाइरस संक्रमणको दोस्रो लहरका बीच सरकारले बैशाख १६ गतेदेखि लकडाउन गर्ने भएपछि पछिल्लो दुई कारोबार दिनमा नै नेप्से सूचक १४१ अंकले घटेर २५०६.६१ बिन्दुमा झरेको सोमबार मात्रै नेप्सेमा ६५.५८ अंंकको गिरावट देखा पर्यो । आइतबारको बजारमा पनि ७५.७८ अंककोउच्च गिरावट आएको थियो । 

नेप्से सूचक घटेसँगै सोमबार मात्रै ९० अर्ब ८० करोड रुपैयाँले घटेर कुल बजार पूँजीकरण ३४ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँमा समेटिएको छ । आइतबार कुल बजार पूँजीकरण ३५ खर्ब ६१ अर्ब ७२ करोड ८७ लाख रुपैयाँमा रहेको थियो ।

सरकारले उपत्यकामा बैशाख १६ गतेदेखि  लकडाउन गर्ने भएपछि शेयर लगानीकर्ताले बजारबाट शेयर बिक्री गरेर नगद सञ्चिति घरमा राख्न थालेका छन् ।  शेयर बजारमा मात्र होइन वित्तीय प्रणालीबाट समेत निक्षेप बाहिरिएको छ । पछिल्लो दश दिनमा मात्रै वाणिज्य बैंकहरुबाट २२ अर्ब रुपैयाँले निक्षेप घटेको छ ।

सोमबार कारोबारमा आएका सबैजसो कम्पनीको शेयरमूल्य घट्दा कारोबार रकम ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रुपैयाँ कायम भएको छ । यसदिन २२० कम्पनीका ८६ हजार ९२ वटा संख्याको कारोबारबाट १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर खरीद बिक्री भएका छन् ।

कारोबारमा आएका सबै उपसमुहका सूचक राताम्मे बन्दा जलविद्युतमा सबैभन्दा धेरै ४.०४ प्रतिशत गिरावट आएको छ । ब्यापार, विकास बैंक, निर्जीवन बीमाको सूचकमा ३ प्रतिशत धेरै तथा बैंकिङ्ग, होटल तथा टुरिजम्, वित्त, अन्य लघुवित्त, जीवन बीमा, र लगानी समुहका सुचक पनि २ प्रतिशत धेरेले घट्न पुगेको छ ।

सोमबारको ऋणात्मक बजारमा पनि बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार घटेपनि ती दुई कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । दुबै कम्पनीको मूलय १० प्रतिशतले बढेर सर्किट लागेको हो । अघिल्लो दिन आइतबारको तुलनामा बिशाल बजार कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ३४८ रुपैयाँले बढेर ३ हजार ८३२ रुपैयाँ पुगेको छ । महिला लघुवित्तको पनि ९.९७ प्रतिशतले मूल्य वृद्धि हुँदा २ हजार ३४९ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य प्रतिकित्ता २१३ रुपैयाँले बढेको हो ।

Symbol LTP Point Change % Change
As of 2021-04-26 15:00:00
BBC 3,832.00 348.00 9.99
MLBSL 2,349.00 213.00 9.97
MBLD2085 1,050.00 50.00 5.00
GFCL 274.00 10.00 3.79
SBLD83 1,030.00 30.00 3.00
SBLD2082 1,051.00 20.00 1.94
SAND2085 1,061.00 20.00 1.92
NIBPO 397.00 6.00 1.53
LEMF 11.40 0.14 1.24
NICBF 11.55 0.14 1.23

यता रिलायन्स फाइनान्सको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत घट्दा छ्याङ्दी हाइड्रोपावर, सिन्धु विकास बैंकको ७ प्रतिशत, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर, नेशनल हाइड्रोपावर, श्री इन्भेष्ट फाइनान्स, नेपाल हाइड्रो डेभलोपर कम्पनी र मल्टिपपर्स फाइनान्सको शेयरमूल्य ६ प्रतिशत धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-26 15:00:00
RLFL 228.00 -20.00 -8.06
CHL 269.00 -22.00 -7.56
SINDU 255.00 -20.00 -7.27
UMRH 266.00 -19.00 -6.67
NHPC 146.00 -10.00 -6.41
SIFC 234.00 -16.00 -6.40
NHDL 314.00 -21.00 -6.27
MPFL 197.00 -13.00 -6.19
PMHPL 173.00 -11.00 -5.98
AKJCL 145.00 -9.00 -5.84

आजको बजारमा अपर तामाकोशीको शेयरमूल्य ३१ करोड ७४ लाखको शेयर कारोबार भएको छ । यसैगरी निफ्रा २५ करोड २९ लाख, पुनर्बीमा कम्पनी २० करोड २४ लाख, नबिल बैंक १९ करोड ५३ लाख, नेपाल लाइफको १७ करोड ७४ लाखको शेयर कारोबारमा आएको छ ।

नागरिक लगानी कोष, एनआईसी एशिया बैंक, प्रभु बैंक, एचआईडिसीएल, र एनसीसी बैंकको पनि १३ करोड धेरेको शेयर खरीद बिक्री भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-04-26 15:00:00
UPPER 317,459,933.00 770.00
NIFRA 252,981,740.00 526.00
NRIC 202,421,623.00 1,332.00
NABIL 195,335,290.00 1,235.00
NLIC 177,480,793.00 1,952.00
CIT 169,589,940.00 3,701.00
NICA 163,235,297.00 892.00
PRVU 151,214,756.00 427.00
HIDCL 150,516,834.00 440.00
NCCB 132,623,090.00 327.00

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ बैशाख २०७८, सोमबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।