छिमेक लघुवित्त (CBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २२ प्रतिशत पूँजीवृद्धिका बाबजुत गत आवको यसै अवधिको तुलनामा १६.५० रुपैयाँले प्रतिशेयर आम्दानी बढाएको छ ।
गत आवको तुलनामा लघुवित्तको नाफा ६० प्रतिशतले बढेपछि प्रतिशेयर आम्दानी पनि सोही अनुरुप सुधारिएको हो । नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (इपिएस) १६.५० रुपैयाँ बढेर ६९.६५ रुपैयाँ कायम भएको छ ।
चैत मसान्तसम्मको अवधिमा लघुवित्तले ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ५९ करोड ७८ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले खुद नाफा ५९.८९ प्रतिशतले बढेको हो ।
चुक्ता पूँजी २२ प्रतिशत बोनस वितरण गरीवृद्धि गरेर १ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको लघुवित्तको जगेडा कोष ७६.५४ प्रतिशत बढेर २ अर्ब ९० करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २१ अर्ब ८२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ३५ लाख रुपैयाँ सापटी गरी २६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट १ अर्ब ५२ करोड ६९ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ३८ करोड ३० लाख २४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २०.९०, सञ्चालन नाफा ६७.४३, निक्षेप २०.७५ र कर्जा लगानी २९.६९ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ०.५५, कोषको लागत ७.६८, प्रतिशेयर नेटवर्थ २५८.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.५८ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया