स्वाभिमान लघुवित्तको नाफा २११ प्रतिशतले बढ्यो, सबै सूचाङ्क उत्साहप्रद

0
Shares

स्वाभिमान लघुवित्त (SMFBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ९५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ करोड २६ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले खुद नाफा २११.७१ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५.२६ रुपैयाँ बढेर ५७.३३ रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी २० प्रतिशत बोनस वितरण गरीवृद्धि गरेर ९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष १६५ प्रतिशत बढेर ५ करोड ६ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ४६ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ४ करोड १ लाख रुपैयाँ सापटी गरी १ अर्ब ३९ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट ७ करोड १० लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ५ करोड ३५ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.२५, सञ्चालन नाफा २७३.८९, निक्षेप ३१.१० र कर्जा लगानी ४८.३८ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात १.२५, कोषको लागत ५.८१, प्रतिशेयर नेटवर्थ १४०.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.३९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।