गुहेश्वरी मर्चेन्ट फाइनान्सको नाफा ४५ प्रतिशतले बढ्यो

0
Shares

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स (GUFL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ५ करोड २० लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा ४५.७५ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३.०३ रुपैयाँ बढेर ११.७१ रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी ८६ करोड ४० लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष १२३ प्रतिशत बढेर ४१ करोड ४७ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

फाइनान्सको शेयरधनी कोष भने २९ प्रतिशतले घटेर ६ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ अर्ब २८ करोड ७८ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ३६ करोड ३७ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको निक्षेप ३०, र कर्जा लगानी २४ प्रतिशत बढेको छ ।

यसबाट फाइनान्सले १३ करोड ७६ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ७ करोड ९२ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी १५.६७ र सञ्चालन नाफा ६.५७ प्रतिशतले धेरै हो ।

समीक्षा अवधिमा फाइनान्सको खराब कर्जा अनुपात ०.२५, कोषको लागत ६.७२ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५५.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.४३ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलबार  १३ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।