प्रि-ओपनिङ्ग सेसनमा नेप्से साढे ७ अंक माथि, ३३ कम्पनीको मूल्य बढ्यो

0
Shares

साताको चौंथो कारोबार दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ७.४८ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६०६ दशमलव ५६ अंकमा पुगेको छ ।

मंगलबार ९२ अंकको उच्च बढोत्तरीपछि बुधबार पनि नेप्से बुलिस ट्रेण्डमा देखिएको हो । निषेधाज्ञाले लगानीका अन्य क्षेत्र संकुचित बन्न थालेपछि शेयर बजार मात्र लगानीको सहज माध्यम हुने भएकाले पनि बजार बुलिस ट्रेण्ड उन्मुख भएको हो ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ४७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

 

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्…

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ बैशाख २०७८, बुधबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।