नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा ५८ करोड २० लाख ७० हजार खुद नाफा कमाएको बैंकको १.२४ प्रतिशतले नाफा बढेको हो ।
बैंकको वितरणयोग्य नाफा पनि गत आवको यसै अवधिको तुलनामा १.४५ प्रतिशतले बढेको छ । यस अवधिमा ४६ करोड ३२ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको बैंकको ६६.६७ प्रतिशतले पूँजी बढेपछि प्रतिशेयर आम्दानी ५.०२ रुपैयाँमा संकुचित बनेको छ । बैंकले पूँजी वृद्धिको तुलनामा नाफा बढाएपछि प्रतिशेयर आम्दानी १.४५ रुपैयाँले घटेको हो ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन तथा ४९ करोड रुपैयाँ सापटी लिएर गरी २ अर्ब १९ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ९३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ८३ करोड ५५ लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
बैंकको जगेडा कोष २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ सञ्चित रहेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१, सञ्चालन नाफा ०.६१, निक्षेप २३.७९, कर्जा लगानी २७६.६३, र जगेडा कोष ४५.९२ प्रतिशतले बढेको छ ।
बैंकको कोषको लागत ९.४० प्रतिशत, कर्जा निक्षेप अनुपात ९.३७प्रतिशत, प्रतिशेयर नेटवर्थ ११०.७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११६.६० गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया