शेयर बजारमा निषेधाज्ञाकोबीच उच्च सुधार, तीन कम्पनीको मूल्यमा सर्किट

0
Shares

शेयर बजारमा निषेधाज्ञाको पहिलो दिन बिहीबार उत्साहजन सुधार देखिएको छ । कोरोाना भाइरसको नयाँ भेरियन्टको संक्रमणको चेन ब्रेक गर्न भन्दै गरिएको साताव्यापी निषेधाज्ञाको पहिलो दिनको बजारमा नेप्सेको वृद्धि कायम नै रहेको हो ।

सुरुवाति एक घण्टामा तीव्र उतार चढावको अवस्था रहेपनि त्यसपछि लय समातेको बजार २५.८२ अंकले बढेर २ हजार ६११ दशमलव १० अंकमा बन्द भएको छ । बजार बढेसँगै बिहीबार कुल बजार पूँजीकरण ४० अर्ब ६० करोड ५४ लाख रुपैयाँले बढेर ३६ खर्ब २० अर्ब ८२ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

व्यापार व्यवसाय तथा नियमित क्रियकलापमा रोक लगाएर अत्यावश्यक क्षेत्र तथा सेवा मात्र खुला गरिएको अवस्थामा शेयर बजार बढेको हो । बिहीबार ११७ कम्पनीका ९८ लाख १८ हजार ४६ कित्ता शेयर ५० हजार ६७३ पटक खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४८ रुपैयाँ पुगेको छ । आजको बजारमा कारोबारमा आएका १५६ कम्पनीको शेयरमूल्य बढ्दा ४३ वटाको घटेको छ भने १८ को स्थीर छ ।

कारोबारमा आएका होटल तथा टुरिजम् र लगानी समुहको सूचक बाहेक सबै ११ वटै सूचक बढको छ । ब्यापार र जलविद्युतको सूचक साढे ३ प्रतिशतसम्म बढ्दा अन्य उत्पादनमुलक सूचक पनि क्रमशः २.५४र १.८४ प्रतिशतले बढोत्तरी भएको छ ।

तीन कम्पनीको शेयरमूल्यमा सर्किट

साताको अनितम कारोबार दिन बिहीबार तीनवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन महिला लघुवित्त र सिंगटी हाइड्रो इनर्जी, र बिशाल बजार कम्पनीके शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यसैगरी साञ्जेन जलविद्यूत ८.५६, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनरको ७.३० प्रतिशतले बढ्दा हिमाल दोलखा हाइड्रोपावर, अरुण भ्याली, दीब्यश्वरी र रसुवागढीको मूल्य पनि ५ प्रतिशत धेरैले बढेको छ ।

यसदिनको बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीमा श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, युनिलिभर नेपाल रहेका छन् । यी कम्पनीको शेयरमा लगानी गरेकाले २ प्रतिशत धेरैले गुमाएका छन् ।

बिहीबारको कारोबारमा पनि नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयरमूल्य बढेर उच्च कारोबार भएको छ । बैंकको ८ लाख ८४ हजार २४८ कित्ता शेयर ३० करोड ९६ लाख ९४ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको हो ।

यसैगरी शिवम् सिमेन्ट, हिमालयन पावर पार्टनर, अपर तामाकोशीको १६ करोड माथि र पुनर्बीमा कम्पनी, अरुण भ्याली, निफ्रा, सानिमा बैंक, हिमालयन डिष्टिलरी, र नबिल बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको नबिल बैंकको ९ करोड ६० लाखको शेयर कारोबार भयो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ बैशाख २०७८, बिहिबार  १६ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।