नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको १० लाख ५४ हजार २३३ दशमलव ६० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार बिहीबार समता लघुवित्तको ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता र गुडविल फाइनान्सको ६ लाख ७२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
लघुवित्तले गत पुस १४ गते सम्मपन्न सातौँ साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको २० प्रतिशत र फाइनान्सले पुस २९ गते सम्पन्न २६ औँ सभाबाट पारित भएको चुक्ता पूँजीको ८.४ प्रतिशत बोनश शेयर बिहीबार सूचीकृत गराएका हुन् ।
साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि लघुवित्तले पुस ५ गते र फाइनान्सले पुस १७ गते बुक क्लोज मिती तोकेको थियो । तसर्थ बुकक्लोज मिति भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् ।
बिहीबार सूचीकृत भएको दुबै कम्पनीको बोनस शेयर सम्बन्धीत लगानीकर्ताले आइतबारदेखि दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया