नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) ले जेठ७ गते शुक्रबार छैठौं साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैशाख १३ गते सोमबार सम्पन्न बैठकले रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा ७ गते शुक्रबार बिहान ११ बजे जुम मार्फत साधारण सभा बोलाउने निर्णय गरेको हो ।
डिप्रोक्स लघुवित्तसँग विलय प्रकृयामा जाने सम्झौता गरेको कम्पनीले गत आर्थिक वर्षबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।
सभामा लघुवित्तको संस्थापक शेयर स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा घटाउने तथा सर्वसाधारणतर्फ ३० प्रतिशतबाट बढाएर ४९ बनाउने प्रस्ताव राखिएको छ ।
यस्तै प्रबन्धपत्र तथा नियमावली संसोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतको एजेण्डाहरु पनि सभामा रहेका छन् ।
मर्जर प्रकृया कारण लघुवित्तको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेकाले सोभन्दा अघिल्लो दिनसम्म शेयरधनी कायम रहेका लगानीकर्ताले साधारण सभामा भाग लिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया