नेप्सेमा १ करोड ७३ लाख कित्ता शेयर सूचीकृत

0
Shares


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस सता १ करोड ७३ लाख १३ हजार ८५४ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार दुई कम्पनीको बोनस, एक कम्पनीको हकप्रद र एक कम्पनीको प्राथमिक निष्काशन गरी चार कम्पनीको उक्त परिमाणमा शेयर सूचीकृत भएको हो ।

जसअनुसार सिंगटी हाइड्रोपावरको १ करोड ४५ लाख कित्ता प्राथमिक निष्काशन, मल्टिपपर्स फाइनान्सको १७ लाख ५९ हजार ६२१ कित्ता शेयर हकप्रद, गुडविल फाइनान्सको ६ लाख ७२ हजार कित्ता बोनस र समता लघुवित्तको ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता शेयर नेप्सेमा यस साता सूचीकृत भएको हो ।

समता लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चूक्ता पूँजीको २० प्रतिशत, गुडविल फाइनान्सको ८.४० प्रतिशत बोनस शेयर वितरण गरेका थिए भने मल्टिपपर्स फाइनान्सले जारी गरेको चुक्ता पूँजीको ८६५ प्रतिशत हकप्रदमा अवितरित संस्थापक शेयर (जुन लिलामी मार्फ बिक्री गरिएको थियो) सूचीकृत भएको हो ।

S.N. Name Listed Unit Listed Date Type of Listing
1 Singati Hydro Energy   14500000.00 1/13/2078 IPO
2 Multipurpose Finance Company  1759621.00 1/14/2078 Right
3 Goodwill Finance  672000.00 1/16/2078 Bonus
4 Samata Laghubitta Bittiya Sanstha  382233.60 1/16/2078 Bonus
  Total 17313854.60    

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ बैशाख २०७८, शनिबार  ०९ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।