यी हुन् दश ठूलो बजार पूँजीकरण भएका कम्पनी, नेपाल टेलिकमको सबैभन्दा धेरै

0
Shares

यस साता कुल बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, अपर तामाकोशी र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।

दश ठूला कम्पनीको कुल बजार पूँजीकरण १२ खर्ब ४० अर्ब २३ करोड रुपैयाँ रहेको छ । जुन कुल बजार पूँजीकरणको ३४.२५ प्रतिशत रहेको छ । यस साता कुल बजार पूँजीकरण ३६ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ रहेको छ । नेप्से घटेसँगै गत साताको तुलनामा बजार पूँजीकरण यस साता ४५ अर्ब ८७ करोड ७१ लख रुपैयाँले घटेको छ ।

यस साता पनि सबैभन्दा धेरै नेपाल टेलिकमको बजार पूँजीकरण रहेको छ । कम्पनीको १ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको कुल बजार पूँजीकरण रहेको छ ।

यसैगरी नबिल बैंकको १ खर्ब ७१ अर्ब, पुनर्बीमा १ खर्ब ४४ अर्ब, नेपाल लाइफ १ खर्ब ४४ अर्ब, नागरिक लगानी कोषको १ खर्ब १५ अर्ब, नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको १ खर्ब ८ अर्ब र एनआईसी एशिया बैंकको १ खर्ब ३ अर्ब रुपैयाँ बराबरको कुल बजार पूँजीकरण रहेको छ ।

शीर्ष दश ठूलो पूँजीकरण भएका ग्लोबल आइएमई बैंक, अपर तामाकोशी र नेपाल इन्भेष्टमेन्ट बैंकको एक खर्बभन्दा कम रहेको छ । यी कम्पनीको क्रमशः ९२, ९१ र ७२ अर्बको बजार पूँजीकरण रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १८ बैशाख २०७८, शनिबार  १२ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।