छ्याङदी हाइड्रोपावरले ९ करोडको हकप्रद शेयर बिक्री गर्ने

0
Shares

छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेड (CHL) ले ९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ ।

हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा वैशाख १५ गते बुधबार निवेदन पेश गरेको छ ।

कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशनको अनुमति माग गरेको हो ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको २०७७ पुस २७ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम कम्पनीले हकप्रद निष्काशनको प्रकृया अगाडि बढाएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार  १८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।