छिमेक लघुवित्त वित्तीय संस्थाको लिलामीमा रहेको संस्थापक शेयरमा आवेदन दिने म्याद (समय) थप भएको छ ।
बैंक अफ काठमाण्डूले आफ्नो स्वामित्वमा रहेको छिमेकको २ लाख कित्ता संस्थापक शेयर वैशाख १४ गतेदेखि वैशाख २१ गतेसम्म आवेदन दिन पाउनेगरी लिलामीमा ल्याएको थियो ।
तर सरकारले चैत १६ गतेदेखि निषेधाज्ञा जारी गरेकाले निषेधाज्ञाका कारण भौतिक रुपमा उपस्थित भएर लिलामीमा आवेदन दिन नसकिने अवस्था सिर्जना भएपछि बैंकले निषेधाज्ञा सकिएको ५ कार्यदिनसम्म लिलामीमा आवेदन गर्न पाइने व्यवस्था गरेको छ ।
छिमेकको लिलामी शेयरमा विद्यमान संस्थापक शेयरधनी तथा सर्वसाधारण तथा योग्य संघसंस्थाले न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँ तोकेर आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया