समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) को शेयर मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार सुरु भएको छ ।
मर्जर सम्झौतापछि दोस्रो बजारमा २०७७ वैशाख ३० गते अन्तिम दिन कारोबार भएको लघुवित्तको शेयर कारोबार करिब एक वर्षपछि मंगलबारदेखि खुलेको हो ।
समता र घरेलु लघुवित्तबीच बैशाख २ गतेदेखि एकीकृत कारोार भएकोमा बैशाख २० गते सोमबार शेयर स्वाप रेसियो अनुसार शेयर समायोजन भई पुनः शेयर सूचीकृत भएपछि मंगलबारदेखि कम्पनीको शेयर कारोबार खुला भएको हो ।
स्टकका अनुसार समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड १ः०.८० को अनुपातमा गाभिएर कायम हुन आएको एक सय रूपैयाँ दरको २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता शेयर सोमबार सूचीकृत भएको थियो । शेयर सूचीकरणसँगै मर्जर प्रयोजनका लागि रोक्का भएको संस्थाको कारोबार समेत फुकुवा भएको हो ।
लामो समय शेयर कारोबार रोक्का भएका कारण कम्पनीको शेयर खरीद गर्न चाहने लगानीकर्ताले भने शेयर पाउन मुस्किल देखिएको छ । लघुवित्तको शेयर प्रतिकित्ता ६६० रुपैयाँमा शेयर कारोबार बन्द भएका कारण पनि अन्य लघुवित्तको तुलनामा निकै सस्तो छ । मर्जरका कारण लामो समय शेयर कारोबार रोक्का भएकाले पनि कम्पनीको शेयर खरीदमा उच्च आकर्षण भएकाले लघुवित्तको शेयर सहज रुपमा किन्न भने केही दिन पर्खनुपर्ने देखिन्छ ।
समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको मर्जर पश्चात समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट गत बैशाख ०२ गते देखिे एकीकृत कारोवार सुरु गरेको थियो ।
एकीकृत संस्थाको कूल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी २ अर्ब ५८ करोड ४५ लाख ४८ हजार ११४ रुपैयाँ, निक्षेप ९१ करोड ८२ लाख १८ हजार ५२७ रुपैयाँ र कूल संचालन मूनाफा १० करोड ७१ लाख ६० हजार ५६९ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । एकीकृत कारोबार पश्चात संस्थाको कूल ३७ वटा शाखा कार्यालयहरु कायम भएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया