सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares


सुन चाँदीको मूल्य मंगलबार नेपाली बजारमा बढेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९० हजार ६०० रुपैयाँ, तेजावी ९० हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३२५ रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ, तेजावी ८९ हजार ९०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदी तोलाको २५ रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।