
कोरोना भाइरस संक्रमणबाट मंगलबार एकैदिन ५५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने यो नै सबैभन्दा धेरै संख्या हो ।
मंगलबारसम्म कोरोना भाइरस संक्रमणबाट ३ हजार ४१७ जनाको मृत्यु भएको छ । कुल संक्रमित संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । हालसम्म दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५८७ जनामा र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
संक्रमितमध्ये उपत्यकामा मात्रै ३ हजार ८९३ जना रहेका छन् । काठमाण्डौंमा २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ ज्नामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ जना रहेको छ । ४ हजार २७८ जना संस्थागत आइसोलेसनमा र ५५ हजार ५२० जना होम आइसोलेसनमा छन् भने ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया