सगरमाथा इन्स्योरेन्सको अधिकांश सूचकमा छलाङ्ग, नाफा ६३% बढ्दा बीमाशुल्क संकलन अर्ब नजिक

0
Shares

सगरमाथा इन्स्योरेन्स (SIC) ले कोरोना महामारीका बीचमा पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आफ्नो अधिकांश वित्तीय सूचकमा बढोत्तरी गरेको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ६३.९४ प्रतितशले धेरै हो ।

गत आवको चैत मसान्तमा १७ करोड ४१ लाख ३० हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब १२ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३८.०२ रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा २३.१९ रुपैयाँ इपिएस रहेकोमा १४.८३ रुपैयाँले बढेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ बाट लाभांश घोषणा गर्न बाँकी नै रहेकाले पनि चुक्ता पूँजी स्थीर रहँदा प्रतिशेयरआम्दानीमा आकर्षक सुधार आएको हो ।

निर्जीवन बीमा कम्पनीमध्ये अब्बलमध्येको एक यस इस्योरेन्स कम्पनीको चैत मसान्तसम्ममा जगेडा कोष ४०.२३ प्रतिशतले वृद्धि भई ४८ करोड ३४ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यससँगै प्रतिशेयर नेटवर्थ २५६.६३ रुपैयाँ कायम धएको छ ।

कम्पनीको बीमा कोषमा ९५ करोड ६६ लाख ३८ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा कम्पनीको बीमाकोष ५३.९६ प्रतिशतले बढेको हो । यस्तै महाविपत्ती जगेडा कोषमा १२ करोड ८० लाख ८२ हजार रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ९५ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ७४ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा २८.१५ प्रतिशतले धेरै हो ।

इन्स्योरेन्सको १ लाख ३६ हजार ६९६ बीमालेख जारी गरेको छ भने १ अर्ब ९९ करोड ६९ लाख ८३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७४ करोड ९९ लाख अल्पकाली कर्जा र ६२ करोड २० लाख रुपैयाँ दिर्घकालीन कर्जा प्रवाह गरेको छ ।यसबाट कम्पनीले यस त्रैमासमा १० करोड ७७ लाख आम्दानी गरेको छ भने पुनर्बीमा कमिशन वापत २२ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले ८ हजार ३२ बीमा दाबीवापत ८० करोड ६७ लाख ३६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भने ६ हजार ५४१ बीमा दाबी वापत १ अर्ब १८ करोड ४ लाख रुपैयाँ अझै भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार  ०९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।