ऋणात्मक बजारमा १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

साताको चौथो कारोबार दिन बुधबार शेयर बजार परिसूचक घटेपनि १६ कम्वपनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । झण्डै डेढ दर्जन कम्पनीको शेयरमूल्य बढेपनि कम पूँजी र मूल्य भएका कारण बजार पूँजीकरणमा न्यून योगदान हुँदा बजार सूचक भने घटेको हो ।

बुधबारको बजारमा रिडी, रैराङ, बिशाल बजार कम्पनी, महिला लघुवित्त, सिंगटी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, समता लघुवित्त, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, बरुण हाइड्रोपावर, राधी विद्युत कम्पनी, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, ङादी ग्रुप पावर, र लिवर्टी इनर्जी नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेर कारोबार भएको हो ।

Top Gainers  
Symbol LTP % Change
As of 2021-05-05 15:00:00
RRHP 407 10
RHPC 253 10
BBC 7,462.00 9.99
MLBSL 4,573.00 9.98
SHEL 529 9.98
CHL 375 9.97
SMATA 665 9.92
UNHPL 168 9.8
JOSHI 158 9.72
BARUN 271 9.72
RADHI 633 9.71
KKHC 150 9.49
GHL 185 9.47
AKJCL 174 9.43
NGPL 315 9.38
LEC 363 9.01

 

यसदिन आशा लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, र सबैको लघुवित्तको शेयरमूल्य ३ प्रतिशतले घटेको छ भने स्वाभिमान लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त, फरवार्ड कम्युनिटी र मिथिला लघुवित्तको शेयरमूल्यमा २ प्रतिशत धेरैले गिरावट आएको छ ।

यसदिनको बजारमा जलविद्युत कम्पनीको शेयरमूल्यमा सर्किट लागेर आकर्षण बढ्दा लघुवित्तको शेयरमूल्यमा भने पहिरो गएको छ । बुधबार गुमाउने कम्पनीमा अधिकांश लघुवित्त छन् ।

बुधबार नेप्से परिसूचक ०.१९ प्रतिशत ५.०९ अंकले घटेर २ हजार ६४९ दशमलव ६० अंकमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ४७३.८१ अंकमा झरेको छ । आज २१८ वटा कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर ७८ हजार ७७१ पटक खरिद बिक्री हुँदा कारोबार रकम ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ पुगेको छ ।

बुधबार कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, वित्त, निर्जीवन बीमा र ब्यापार सूचक सकारात्मक भएको छ भने उत्पादन, होटल तथा टुरिजम्, अन्यको सूचक १ प्रतिशत बढीले घटेको छ ।

बुधबारको बजारमा प्रभु इन्सयोरेन्सको संस्थापक शेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको संस्थापक शेयर प्रतिकित्ता ५५१ रुपैयाँ दरमा ७ लाख ३५ हजार कित्ता शेयर २३ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको हो । उक्त शेयर ब्रोकर नम्बर ५८ बाट बिक्री भई ४४ र ५९ नम्बर ब्रोकरबाट बल्क कारोबार मार्फत खरीद भएको हो । जसमध्ये ३७ हजार ३४७ कित्ता ५९ नम्बरबाट खरीद भएको छ भने ६ लाख ९७ हजार ६५३ कित्ता ४४ नम्बर ब्रोकरबाट खरीद भएको छ ।

यसैगरी एनआईसी एशिया लघुवित्तको २२ करोड ३६ लाख, एनसीसी बैंकको १९ करोड ४७ लाख, अपि पावरको १८ करोड २७ लाख, जनउत्थान सामुदायिक लघुवित्तको १५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अरुण काबेली पावर, निफ्रा ग्रामीण विकास लघुवित्त, पुनर्बीमा र छिमेक लघुवित्तको शेयर शीर्ष कारोबारहुने कम्पनीमा समेटिएको छ , दशौं ठूलो कारोबार भएको छिमेक लघुवित्तको १० करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार  १५ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।