साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) को चुक्ता पूँजीभन्दा जगेडा कोष मजबुत देखिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा लघुवित्तको चुक्ता पूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १८ करोड रुपैयाँ सञ्चित रहेको छ । जुन पूँजीको तुलनामा १.७४ गुणा बढी हो ।
तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तले ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ४३ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा ६.९५ प्रतिशतले नाफा बढेको हो ।
पच्चिस प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी बढाएको लघुवित्तको पूँजीवृद्धिको तुलनामा नाफा बढ्न नसक्दा प्रतिशेयर आम्दानी ८.४३ रुपैयाँ घटेर ४९.५७ रुपैयाँमा संकुचित बनेको छ ।
चैतसम्म लघुवित्तले २० अर्ब ९ करोड रुपैयाँ सापटी लिई २३ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तको खुद ब्याज आम्दानी १३.८७ प्रतिशतले बढेर ९० करोड ५३ लाख र सञ्चालन नाफा ६.२२ प्रतिशतले बढेर ६९ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर नेटवर्थ २७४.१९ रुपैयाँ, खराब कर्जा अनुपात ०.८० प्रतिशत, मूल्य आम्दानी अनुपात ३५.३८ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया