आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) को साढे ४ लाख बढी कित्ता संस्थापक शेयर बुधबारदेखि लिलाम बढाबढमा बिक्रीमा आएको छ ।
एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक समूहको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०८ रुपैयाँ तोकिएको छ ।
इच्छुक लगानीकर्ताहरुले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्नुपर्नेछ । लिलामी शेयर खरीदका लागि वैशाख २८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ भने विद्यमान शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।
शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ । लिलामीको बोलपत्रको आवेदन बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया