आइएमई जनरल इन्स्योरेन्स (IGI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी वार्षिक ९.२२ रुपैयाँ बढेर २३.२४ रुपैयाँ कायम भएको छ ।
गत आवको चैत मसान्तसम्मको तुलनामा ६ प्रतिशतले चुक्ता पूँजी बढाएको यस कम्पनीको नाफा ७५.६३ प्रतिशतले बडढेपछि इपिएसमा सुधार आएको हो ।
कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १८ करोड ८५ लाख ४२ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा १० करोड ७ं३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ५१ करोड ८२ लाख ८८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ३६ करोड २७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीको खुद बीमाशुल्क ४२.८९ प्रतिशतले बढेको हो ।
चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको चैत मसान्तसम्ममा जगेडा कोषको आकार २१ करोड ९४ लाख रुपैयाँबाट वृद्धि भई ३० करोड २६ लाख रुपैयाँ कायम भएको छ । यससँगै कम्पनीको प्रतिशेयर नेटवर्थ १६९.८७ रुपैयाँ पुगेको छ ।
कम्पनीले पुनर्बीमा व्यवसायबाट १३ करोड ६५ लाख र लगानी कर्जा तथा अन्यबाट ४ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चैत मसान्तसम्ममा कम्पनीले ३ हजार ८६७ वटा बीमालेख वापत ६० करोड २८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दा ५ हजार १७८ संख्याको दाबी वापत ६३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
१ लाख ६ हजार २७१ वटा बीमालेख जारी गरेको कम्पनीले १ अर्ब १४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको १३ हजार ६६८ बीमालेख नवीकरण भएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया