
साताको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक मापक नेप्से २७.४१ अंकले बढेको छ । आइतबार साढे १८ अंकले घटेको बजार सूचकमा भोलिपल्ट नै २७ अंकको बाउन्सब्याक भएको हो ।
यससँगै नेप्से १.०५ प्रतिशतले बढढेर २ हजार ६४५ दशमलव ८४ अंकमा पुगेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ परिसूचक पनि सोमबार ४.३५ अंकले बढेर ४७५ दशमलव १२ अंकमा पुगेको छ ।
यसदिन कूल २१८ वटा कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता शेयर ५१ हजार २३५ पटक खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रूपैयाँ पुगेको छ ।
आइतबार ६ अर्ब १४ करोड ८९ लाखको शेयर कारोबार भएकोमा सोमबार आइतबारको तुलनामा १ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ कारोबार रकम घटेको हो । बजार सूचक बढेपनि शेयर बिक्री घट्नुले लगानीकर्तामा बजार अझ बढ्ने संकेत गर्दछ । राजनैतिक परिदृश्यमा सरकारले विश्वासको मत लिँदै गर्दा सरकार परिवर्तन हुने र जारी निषेधाज्ञाका कारण लगानीका अन्य क्षेत्रमा आएको संकुुचनले लगानीको सहज क्षेत्र शेयर बजार नै रहेको छ । यस्तै चौथो त्रैमासमा सरकारको बजेट खर्च बढ्दै जाने हुँदा अधिक तरलताले पनि बजार वृद्धिमा थप टेवा पुग्ने देखिन्छ ।
सबै समुहका सूचकमा हरियाली
सोमबार कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ । अन्यको सूचक सर्वाधिक ३.९३ प्रतिशत, निर्जीवन बीमा २.६४ प्रतिशत, उत्पादनमुलक २.३७ प्रतिशत र लगानीको सूचक १.०२ प्रतिशतले बढेको छ भने बाँकी ९ वटा सूचक एक प्रतिशतभन्दा कमले बढेका छन् ।
चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक,बिशाल बजारमा ऋणात्मक
सोमबारको बजारमा चार वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसदिन राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, समता घरेलु लघुवित्त र रूरू जलविद्युत परियोजना लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । चारवटै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी गुहेश्वरी मर्चेन्ट, लिवर्टी इनर्जी, पुनर्बीमा कम्पनी, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, सिनर्जी पावर, र महिला लघुवित्तको शेयरमूल्य ३.८२ देखि ६.७५ प्रतिशतसम्म बढेको छ ।
| Symbol | LTP | Point Change | % Change | |
| As of 2021-05-10 15:00:00 | ||||
| RBCL | 19,250.00 | 1,750.00 | 10.00 | |
| RBCLPO | 16,951.00 | 1,541.00 | 10.00 | |
| SMATA | 884.00 | 80.00 | 9.95 | |
| RURU | 602.00 | 54.00 | 9.85 | |
| GMFIL | 253.00 | 16.00 | 6.75 | |
| LEC | 368.00 | 18.00 | 5.14 | |
| NRIC | 1,496.00 | 70.00 | 4.91 | |
| EICPO | 379.00 | 14.00 | 3.84 | |
| SPDL | 325.00 | 12.00 | 3.83 | |
| MLBSL | 4,700.00 | 173.00 | 3.82 | |
सोमबारको बजारमा बिशाल बजार कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ९.९९ (४०४ रुपैयाँ) घटेर ५ हजार ४४१ रुपैयाँमा झरेको छ ।
यसैगरी जोशी हाइड्रोपावरको मूल्य ४.१२ प्रतिशत, छ्याङ्दी हाइड्रोपावर ३.१४ प्रतिशत, मेरो माइक्रोफाइनान्सको २.७२ प्रतिशत, सिंगटी हाइड्रोपावरको शेयरमूल्य २.३० प्रतिशतले घटेको छ ।
पुनर्बीमा कम्पनीको उच्च कारोबार
आजको बजारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा धेरै २७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।
यसैगरी दोस्रो ठूलो कारोबार भएको अपर तामाकोशीको १९ करोड ७० लाख र एचआईसडसीएलको १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
हिमालयन डिष्टिलरी, महिला लघुवित्त, शिवम् सिोन्ट, नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, ग्रामीण विकास लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर र नबिल बैंकको शीर्ष कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको नबिल बैंकको ८ करोड ५० लाखको शेयर कारोबार भयो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया