तीन कम्पनीको २ करोड १३ लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ३ कम्पनीको शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार प्राइम कमर्सियल बैंक, सहारा विकास बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्समा सोमबार तीन कम्पनीको गरी कुल २ करोड १३ लाख ११ हजार ८ सय ७९ दशमलव ७९ कित्ता बोनस शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।

नेप्सेका अनुसार प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता, सहारा विकास बैंकको १ लाख ६७ हजार ८ सय ८८ दशमलव ४ कित्ता, र गणपति लघुवित्त वित्तीय संस्थाको १ लाख ६६ हजार १ सय १७ दशमलव ५० कित्ता शेयर सूचीकृत भएको हो ।

प्राइम कमर्सियल बैंकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर, सहारा विकास बैंकले चुक्ता पूँजीको २३ प्रतिशत, र गणपति लघुवित्तको पनि चुक्ता पूँजीको १५ प्रतिशत बोनस सोमबार सूचीककरण भएको हो ।

सोमबार सूचीकृत भएको उक्त बोनस शेयर सम्बन्धीत लगानीकर्ताले डिम्याट खातामा प्राप्त भएपछि दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

प्राइम कमर्सियल बैंकको उक्त बोनस साधारण सभाका लागि बुकक्लोज तोकिएको अघिल्लो कारोबार दिन अर्थात २०७७ पुस १९ गते, गणपति लघुवित्तले २०७७ फागुन ८ गते र सहारा विकास बैंकको २०७५ जेठ २५ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।