
गणपति लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा पुन: एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।
लघुवित्तले वैशाख २४ गतेदेखि लागू हुने गरि पुनः १ वर्षको लागि एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।
धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुने लघुवित्तले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया