इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) को ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १४.२५ प्रतिशतले हुन आउने बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो ।
मंगलबार सूचीकृत भएको लघुवित्तको उक्त ३ लाख २५ हजार कित्ता बोनस शेयर बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
इन्फिनिटीको माघ २४ गते शनिबार सम्पन्न चौथो वार्षिक साधारण सभाले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । साधारण सभा र लाभांश प्रयोजनका लागि लघुवित्तले माघ ९ गतेदेखि बुकक्लोज गरेकाले ८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया