महिला सहयात्रा लघुवित्त (MSMBS) को नाफामा ८५४.९१ प्रतिशतको आकर्षक वृद्धि भएको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ८५४.९१ प्रतिशत वृद्धि गर्दै ४ करोड ३९ लाख ४५ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको यसै अवधिमा कम्पनीले ४६ लाख २ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक ४४.०२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५७.९६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.०१ प्रतिशत छ ।
चैत मसान्तसम्म आइपुग्दा महिला सहयात्राको जगेडा कोषमा ७ करोड ६० लाख ७९ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा जगेडा कोष ९२ प्रतिशतले बढेको हो ।
चैत मसान्तसम्म कम्पनीले ४६ करोड १३ लाख निक्षेप संकलन र १ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ८८ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६३.७२ प्रतिशतले बढेर १० करोड १४ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने गत आवको यसै अवधिमा ६५ लाख ५७ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको मा हाल ६ करोड १३ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
लघुवित्तको खराब कर्जा अनुपात २.५० प्रतिशत छ । लघुवित्त नेशनल माइक्रोफाइनान्ससँग प्राप्ती प्रकृयामा समेत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया