एक लाख रुपैयाँ लुटपाट गर्ने पक्राउ

0
Shares

नेपाल प्रहरीले चक्कु प्रहार गरी एक लाख रुपैयाँ नगद लुटपाट गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं भंगाल बस्ने कञ्चनपुर भाँसीका ३६ वर्षीय सन्तोष बिष्टलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

बिष्टले बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट सञ्चालन गरी बस्ने एक २० वर्षीया महिलालाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेका हुन् ।

चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।