अपि पावरको नाफा १२ करोड ६२ लाख

0
Shares

अपि पावर (API) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा १२ करोड ६२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ६ करोड ६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १०८.१६ प्रतिशतले बढेको हो ।

विद्युत् बिक्री र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफामा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीबाट २८ करोड ८१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १८.८८ प्रतिशत धेरै हो ।

गत आवको यसै अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट २४ करोड २३ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै समीक्षा अवधिमा कम्पनीले अन्य स्रोतबाट हुने आम्दानीमा उच्च वृद्धि गर्दै ६ करोड २९ लाख ८९ हजार रुपैयाँ कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले १५ लाख ४७ हजार रुपैयाँ यो शीर्षबाट कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ८.७२ रुपैयाँ रहेको छ । जगेडा कोषमा २८ करोड १ लाख ३६ हजार रुपैयाँ रहँदा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.४३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० बैशाख २०७८, बिहिबार  १४ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।