
युनाइटेड इदी मर्दी हाइड्रोपावरले १ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा कम्पनी १ करोड २८ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ७९ लाख नाफा कमाएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २८.३० प्रतिशतले बढेर १० करोड ६ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ७ करोड ८४ लाख रुपैयाँ मात्र थियो ।
चैत मसान्तसम्म कम्पनीले अन्य स्रोतबाट २ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी ४२ करोड रुपैयाँ रहेको युनाइटेड इदी मर्दी हाइड्रोपावरको प्रतिशेयर आम्दानी ५.०६ रुपैयाँ छ । यस्तै जगेडा कोषमा २ करोड ७३ लाख रुपैयाँ ऋणात्मक हुँदा प्रतिशेयर नेटवर्थ ९३.५० रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया