
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरण गरेको छ ।
लघुवित्तले गत आवको वार्षिक साधारण सभाबाट पारित गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गरेको हो । कम्पनीको गत फागुन २८ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाबाटउक्त १५ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।
लघुवित्तले साधारण सभाका लागि बुकक्लोजको भएको अघिल्लो दिन अर्थात् फागुन १३ गतेसम्म कायम सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा सोझै बोनस जम्मा गरेको हो ।
बुकक्लोज मिति पश्चात शेयर अभौतिकीकरण (डिम्याट) गराएका शेयरधनीको हकमा पनि क्रमशः बोनस शेयर वितरण गर्दै जाने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया