‘एनआईसी एशिया ऋणपत्र २०७७’ को ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट सूचीकरण खारेज भएको छ ।
बैंकले जारी गरेको प्रतिइकाई एक हजार रुपेयाँ अंकित मूल्यका ५ लाख कित्ता ऋणपत्र परिपक्व भएसँगै सूचीकरण खारेज गरिएको स्टकले जनाएको छ ।
एनआईसी एशिया बैंक लिमिटेडले लगानीकर्तालाई वार्षिक ७.२५ प्रतिशत व्याजदर प्रदान गर्नेगरी ५० करोड रूपैयाँ बराबर ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
स्टकका अनुसार उक्त ऋणपत्रको अवधि वैशाख ३१ गते परिपक्क भएपछि सूचीकरण खारेज गरिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया