शेयर बजारमा आधा शतक बढी वृद्धि हुँदा साढे १० अर्बको कारोबार, ८ कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक

0
Shares

शेयर बजारमा जेठ लागेसँगै उत्साहित कारोबार भएको छ । जेठ महिनाको पहिलो कारोबार दिन आइतबार शेयर बजार सूचकमा आधा सतक बढीको वृद्धि हुँदा आठ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकम करिब साढे १० अर्ब पुगेको छ।

कारोबारमा आएका सबै समुहका सूचक उकालो लागेसँगै आइतबार नेप्से ५४.२१ अंकले बढेर २ हजार ७३८ दशमलव २९ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ८.६४ अंकले बढेर ४८८.१४ बिन्दुमा पुगेको छ । शेयर बजारमा नेप्सेले कायम गरेको बिन्दु ‘अलटाइम हाइ’ हो । यसअघि नेप्सेले वैशाख २ गते बिहीबर २७३५.४० बिन्दुसम्म उक्लेर उच्चतम बिन्दु कायम गरेकोमा आइतबार उत्त, रेकर्ड समेत तोडिएको छ । 

यसदिन २१४ कम्पनीका २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत माघ २५ गते १० अर्ब ४४ करोड १९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार गरी रेकर्ड राखेकोमा त्यसयता कारोबार रकम घट्दै गएकोमा बजारले पुनः उक्त रेकर्ड तोड्ने संकेत देखाएको छ । तीन महिनापछि कारोबारमा आएको उत्साहले लगानीकर्ताको मनोबल समेत उच्च बढेको छ । 

निषेधाज्ञाका कारण आर्थिक गतिविधि शुन्य प्रायः छ भने अन्तिम चौमासिक भएका कारण बजारमा सरकारी खर्चले तरलता फालाफाल हुँदा उक्त रकम पनि शेयर बजारमा आउँदा बजारले नयाँ रेकर्ड कायम गर्ने विश्वास लगानीकर्तामा छ । अर्कोतर्फ तेस्रो कार्यकाल प्रधानमन्त्री भएकाले ओलीले विश्वासको मत पाउन नसके उनले यसअघि जस्तै प्रतिनिधिसभा भङ्ग गरेर देशलाई चुनावमा लैजान सक्छन् यसो हुँदा चुनावी समयमा बजारले थप उचाई लिनसक्ने सम्भावनाबाट बजारमा चर्चा परिचर्चा हुन थालेको छ । यसले बजारले नेप्से सूचक र करोबोरमा समेत उचाइ चुमेको हो।

कारोबारमा आएका १३ समुहका सूचकमध्ये निर्जीवन बीमाको सूचक सर्वाधिक ४.२८ प्रतिशतले बढेको छ । यसैगरी विकास बैंक ३.८७, जीवन बीमा ३.०४, अन्य २.१४, लगानी २.०२ प्रतिशतले बढेको छ ।  म्युचुअल फण्ड सबैभन्दा कम ०.२८ प्रतिशतले बढेको बजारमा बैंकिङ्ग, ब्यापार, होटल तथा टुरिजम्, जलविद्युत, वित्त, उत्पादन, र लघुवित्तको सूचक १ प्रतिशतभन्दा धेरै २ प्रतिशतभन्दा कम बढेका छन् ।

आठ कम्पनीको शेयरमूल्यमा सर्किट, १६३ कम्पनीको मूल्य बढ्यो

आइतबार कारोबारमा आएका १६३ कम्पनीको शेयरमूल्य बढेको बजारमा ८ कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसदिन रुरु जलविद्युत परियोजना, शिखर इन्स्योरेन्स, समता लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । सिन्धु विकास बैंक र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य पनि साढे ७ प्रतिशत बढीले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-05-16 15:00:00
RURU 880.00 80.00 10.00
SICL 2,128.00 193.00 9.97
SMATA 1,282.00 116.00 9.95
SAPDBL 222.00 20.00 9.90
PROFL 222.00 20.00 9.90
BARUN 324.00 29.00 9.83
IGI 1,260.00 112.00 9.76
BBC 6,479.00 555.00 9.37
SINDU 277.00 20.00 7.78
PICL 839.00 59.00 7.56

युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै घट्यो

आइतबारको बजारमा युनियन हाइड्रोपावरको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै गुमाएका छन् । ४३ कम्पनीको शेयरमूल्य घटेको बजारमा यस कम्पनीको मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले घटेको हो ।

यसैगरी आँखुखोला हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड, लिवर्टी इनर्जी, गुहेश्वरी मर्चेन्ट, खानीखोला हाइड्रोपावरको मूल्य ३ देखि ४ प्रतिशतको बीचमा घटेको छ । जोशी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोको शेयरमा लगानी गरेकाले पनि करिब ३ प्रतिशतका दरले आइतबारको बजारबाट गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-05-16 15:00:00
UNHPL 207.00 -11.00 -5.05
AKJCL 197.00 -8.00 -3.90
NABBC 624.00 -25.00 -3.85
GHL 204.00 -8.00 -3.77
NRN 763.00 -27.00 -3.42
LEC 374.00 -13.00 -3.36
GMFIL 290.00 -10.00 -3.33
KKHC 188.00 -6.00 -3.09
JOSHI 196.00 -6.00 -2.97
HDHPC 201.00 -6.00 -2.90

पुनर्बीमाको ८५ करोडको कारोबार

आइतबार नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड बढीको शेयर कारोबारमा आएपछि कारोबार रकम उच्च बढेको छ । कम्पनीको ५ लाख २१ हजार ७८८ कित्ता शेयर ८५ करोड २० लाख ३ हजार रुपैयाँमा खरीद बिक्री भएका छन् ।

सबैभन्दा धेरै ८ लाख ३७ हजार २२३ कित्ता कारोबारमा आएका एनसीसी बैंकको दोस्रो ठूलो कारोबार भएको छ । बैंकको ३१ करोड ५७ लाखकोे शेयर कारोबारमा आएको हो ।

यसैगरी निफ्रा २९ करोड ४९ लाख, एचआईडिसीएल ३५ करोड ७१ लाख, शिखर इन्सयोरेन्स २३ करोड ७५ लाख, आईएमई जनरल इन्स्योरेन्स २३ करोड २४ लाख, चिलिमे हाइड्रोपावर २२ करोड ५८ लाख, एनआरएन इन्फ्रास्टक्चर २२१ करोड ५० लाख, नबिल बैंक २१ करोड २५ लाख र र अरुण काबेली पावरको १८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-05-16 15:00:00
NRIC 852,003,761.00 1,643.00
NCCB 315,758,038.00 375.00
NIFRA 294,990,546.00 547.00
HIDCL 257,118,692.00 556.00
SICL 237,503,814.00 2,128.00
IGI 232,409,829.00 1,260.00
CHCL 225,804,521.00 687.00
NRN 215,042,140.00 763.00
NABIL 212,568,856.00 1,288.00
AKPL 181,866,442.00 364.00

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ जेष्ठ २०७८, आइतबार  १५ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।