
नेपालमा गत २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १४५ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र १ लाख २ हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
मन्न्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ संक्रमणमुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निको हुने दर ७४.६ प्रतिशत रहेको जानकारी दिए ।
उपत्यकामा २ हजार ६०९ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८८१ जना, भक्तपुरमा २९२ जना र ललितपुरमा ४३६ गरी २ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको नियमित प्रेस बिफ्रङ्गमा प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको रहेको भन्दै चिकित्सक तथा नर्सहरूलाई कोरोनाका बिरामीका आफन्तलाई अक्सिजन खोज्न नपठाउन आग्रह गरेका छन् । चीनबाट आइपुग्ने १८ हजार अक्सिजन सिलिण्डर सातै प्रदेशका अस्पतालहरूमा पठाइने जानकारी समेत उनले दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया