एक अर्बको ‘एनआईसी एशिया सेलेक्ट–३०’ बिक्री गर्न अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक अर्बको एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) लाई बिक्री गर्न अनुमति दिएको छ ।

एनआईसी एशिया क्यापिटल अन्तर्गत एनआईसी एशिया म्युचुअल फण्डद्धारा सञ्चालन हुने उक्त सामुहिक लगानी कोषको इकाई बिक्री गर्न बोर्डले बैशाख ३१ गते अनुमति दिएको हो ।

प्रति इकाई मूल्य १० रुपैयाँ दरको जारी हुन कुल १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा आउनेछ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको ‘सेलेक्ट –३०’ इन्डेक्स फण्ड ६ वर्ष अवधि रहेको क्यापिटलको तेश्रो बन्दमुखी योजना हो ।

यस योजनाका इकाई बिक्रीबाट संकलन अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिने योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार योजनाले दोस्रो बजारका उत्कृष्ट ३० वटा कम्पनीहरु छनौट गरी लगानी गर्ने जनाईएको छ । लगानीको अवसर र चुनौती हेरी कुनै समयमा लगानी गरिने संख्या ३० भन्दा कम वा बढी भएपनि कम्पनीहरुको संख्यालाई पुनः मुल्याङ्गकन गरी ३० वटा मै कायम गरिने क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया क्यापिटलले हाल एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्ड गरी दुई वटा बन्दमुखी योजना तथा एनआईसी एशिया डायनामिक डेप्थ नामक एउटा खुलामुखी योजना सञ्चालन गरिहेको छ ।

क्यापिटलले ‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ नामक पाँचौं योजना नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृतीको पर्खाइमा समेत रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७८, आइतबार  १८ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।