निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) ले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
लघुवित्तले विद्यमान संस्थापक शेयर वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाका लागि बिक्री गर्ने भएको हो ।
इच्छुक लगानीकर्ताले जेठ १३ गते बिहीबारदेखि जेठ २० गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । आवेदन फारम एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाण्डौबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।
शेयरको न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म लागि आवेदन पेश गर्नसक्ने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया