सुनको मूल्य आइतबार बढ्यो, चाँदीको घट्यो

0
Shares

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागी छापावाला सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ, तेजावी ९३ हजार १०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम गरिएको छ ।

गत शुक्रबार सुनको भाउ तोलाको ४०० रुपैयाँले घटेर छापावाला सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ, तेजावी ९२ हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३५० रुपैयाँ मूल्यमा नै खरीद बिक्री भएको थियो ।

त्यस्तै आइतबार चाँदीको भाउ शुक्रबारको तुलनामा आइतबार ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि प्रकाशित यसै समाचारमा मुल्यमा फरक परेकोमा क्षमायाचना सहित सच्चाइएको छ । -सं

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७८, आइतबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।