शिखर इन्स्योरेन्सले कम्पनीले संस्थापक शेयरलाई सार्वसाधारणमा रुपपान्तरण गर्ने भएको छ ।
कम्पनीले गत चैत्र ९ गते सम्पन्न १५ औँ र १६ औँ साधारण सभाबाट भएको निर्णय अनुसार संस्थापक समुहमा रहेको ६० प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशतमा झार्नेगरी परिवर्तन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।
सोही अनुसार कम्पनीले संस्थापक समुहको ९ प्रतिशत शेयर घटाएर सर्वसाधरणतर्फ ९ प्रतिशत स्वामित्व बढाउन लागिएको इन्स्योरेन्सले जनाएको छ ।
कम्पनीले आफ्नो संस्थापक शेयरधनीलाई आफ्नो संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने वा नगर्ने भन्ने कुनै एउटा ढाँचामा जेठ ९ गतेबाट ३५ दिन भित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।
निवेदन काठमाण्डौको थापाथलीस्थित कम्पनीको शिखर बिज सेन्टरमा रहेको कार्यालयमा पेस गर्न सकिन्छ ।
३५ दिन भित्र संस्थापक शेयरधनीको तर्फबाट शेयर परिवर्तन गर्ने कि नगर्ने भन्नेबारे निवेदन प्राप्त नभएको शेयर परिवर्तनको लागि मन्जुर रहेको ठानी सोहि अनुसार प्रक्रिया बढाईने कम्पनीले जनाएको छ ।
शेयर पुनरसंरुचना पश्चात कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर अनुपात ५१ः४९ कायम हुनेछ । शेयर सरचना परिवर्तनका लागि प्रबन्धपत्र नियमावलीमा पनि संशोधन गरिएको र बीमा समितिबाट स्वीकृति प्राप्त भईसकेको कम्पनीले जनाएको छ ।
रुपान्तरणपछि कति कित्ता संस्थापक शेयर सर्वसाधारण थपिन्छ ?
कम्पनीले सार्वजनिक गरेको चालु आवकोतेस्रो त्रैमासको प्रतिवेदन अनुसार गत आवको नाफाबाट वितरणपछि चुक्ता पूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ कायम रहेको छ । यसअनुसार हाल कम्पनीमा १ करोड ५ लाख ५१ हजार १४४ कित्ता संस्थापक र ७० लाख ३४ हजार ९६ कित्ता सर्वसाधारण शेयर रहेको छ ।
साधारण सभाबाट भएको निर्णय अनुसार कम्पनीको ६० प्रतिशत शेयर हिस्सा ५१ प्रतिशतमा झर्दा कम्पनीमा ८९ लाख ६८ हजार ४७२ दशमलव ४० कित्ता संस्थापक शेयर र ८६ लाख १६ हजार ७६७ दशमलव ६० कित्ता सर्वसाधारणको हिस्सा कायम हुनेछ ।
यसअनुसार कम्पनीमा हाल विद्यमान रहेको सर्वसाधारण शेयरको तुलनामा शेयर रुपान्तरण पश्चात १५ लाख ८२ हजार ६७१ दशमलव ६० कित्ता शेयर सर्वसाधारणमा थपिनेछ भने सोही परिमाणको संस्थापक शेयर हिस्सा घट्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया