सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

0
Shares

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार ७ सय रुपैयाँ, तेजावी ९३ हजार २ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन तोलाको ९३ हजार ६०० रुपैयाँ, तेजावी ९३ हजार १०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७८, सोमबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।