जिल्ला अस्पताल रुम्जाटारमा पीसीआर उपकरण राखिने

0
Shares

कोभिड-१९ को स्वाव परीक्षण गर्न जिल्ला अस्पताल रुम्जाटारमा पीसीआर उपकरण राखिने भएको छ ।

यसका लागि आज अर्थ मन्त्रालयले २५ लाख निकासा गर्ने निर्णय गरेको प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले उपकरण जडान पछि कोरोना परीक्षणमा थप सहजता आउने बताए । उनका अनुसार सङ्कलित स्वाव परीक्षणका लागि विराटनगर र काठमाडौं पठाइने गरेको छ ।

प्रदेश सरकारले जिल्ला प्रशासन र जिल्ला अस्पताललाई कोभिड व्यवस्थापन र हर्कपुरमा होल्डिङ सेन्टर राख्न ३० लाख रुपैयाँ पठाइसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७८, सोमबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।