सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) चैतको तुलनामा वैशाखमा घटेको छ ।
वैशाख महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को २९ पैसा र सिद्धार्थ इक्विटी फन्डको २४ पैसा न्याभ भएको हो ।
बैशाख मसान्तसमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को न्याभ १७.०८ रुपैयाँ र सिद्धार्थ इक्विटी फन्डको १६.७५ रुपैयाँ छ । गत चैतसमा यी फण्डको क्रमशः १७.३७ रुपैयाँ र १६.९९ रुपैयाँ रहेको थियो ।
वैशाखमा मसान्तमा सिद्धार्थ इक्विटी फन्डको सूचीकृत शेयरमा लगानी १ अर्ब ५१ करोडबाट बढेर १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । यस्तै सार्वजनिक निष्कासन, हकप्रद र बोनस शेयरमा ५ करोड ३८ लाख रुपैयाँ लगानी छ । फन्डको कुल लगानी १ अर्ब ९० करोड रुपैयाँ छ ।
वैशाख मसान्तमा फन्डको कुल आय घटेर १ अर्ब ५३ लाख रुपैयाँबाट घटेर ९६ करोड ९० लाख रुपैयाँमा सीमित बनेको छ । एक अर्ब ५० करोड आकारमा सञ्चाललित फण्डको खुद सम्पत्ति २ अर्ब ५१ करोड १९ लाख २२ हजार रुपैयाँ छ ।
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ ले वैशाखमा सूचीकृत शेयरमा रहेको लगानी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर १ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । फण्डको सार्वजनिक निष्कासन, हकप्रद र बोनस शेयरमा ३ करोड ७७ लाख रुपैयाँ लगानी छ । यस्तै कुल लगानी १ अर्ब ५२ करोड रुपैयाँ छ ।
वैशाखमा फण्डको कुल आय ८१ करोड ४८ लाख रुपैयाँबाट घटेर ७८ करोड रुपैयाँमा संकुचित बनेको छ । एक अर्ब २० करोड आकारमा सञ्चाललित फण्डको खुद सम्पत्ति २ अर्ब ४ करोड ९४ लाख ६७ हजार रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया