एम्बुलेन्समा एक क्वीटल अवैध गाँजा बोक्ने चालक सहित २ जना पक्राउ

0
Shares

नेपाल प्रहरीले १०१ किलो अवैध गाँजा सहित एम्बुलेन्स चालक र अर्को एक जनालाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा सहित सोमबार साँझ प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।

उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७८, मंगलबार  १३ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।