नेपाल फाइनान्सले ललितपुर फाइनान्स एक्वीजिशन गर्ने, विशेष साधारण सभा आह्वान

0
Shares

नेपाल फाइनान्स (NFS) ले ललितपुर फाइनान्सलाई प्राप्ती (एक्वीजिशन) गर्न जेठ २८ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

फाइनान्सको जेठ १२ गते बसेको संचालक समितिको ३३९ औ बैठकले पनि जेठ २८ गते केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरेको छ ।

यस्तै ललितपुर फाइनान्सले पनि नेपाल फाइनान्समा विलय हुने प्रस्ताव अनुमोदनका लागि सोही दिन विशेष साधारण सभा बोलाएको छ ।

फाइनान्सको जेठ १२ गते सम्पन्न सञ्चालक समितिको ४२८ औँ बैठकले सभा संस्थाको कन्द्रीय कार्यालय लगनखेल ललितपुरमा बिहान ११ बजे आह्वान गरेको हो ।

सभामा ललितपुर फाइनान्स र नेपाल फाइनान्स एक आपसमा एक्वीजिशन गर्नेका लागी दुवै संस्थाको चल अचल सम्पती तथा दायित्व मूल्यांकन तथा ललिलतपुर फाइनान्सको १ कित्ता बराबर नेपाल पलाइनान्सको १ कित्ता हुने गरि गरीएको शेयर अनुपातलाई स्वीकृत गरिनेछ ।

त्यस्तै नेपाल फाइनान्सले पनि दुई फाइनान्सबीच एक आपसमा गाभ्ने तथा गाभिने, नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति प्रयाजनका लागि दुवै संस्थाको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन दुबै संस्थाको संयुक्त प्राप्ति समितिबाट नियुक्त एचटिसी एण्ड एसोसिएट चार्टर्ड एकाउन्टेन्स नियुक्त तथा सोको पारिश्रमीक कर बाहेक ४ लाख रुपैयाँलाई अनुमोदन गरिने प्रस्ताव छ ।

साधारण सभा प्रयोजनका लागी फाइनान्सले जेठ १९ गते बुधबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज भन्दा अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

उता ललितपुर फाइनान्सको भने प्राप्ती सम्झौतासँगै शेयर कारोबार रोक्का रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहिबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।