
एनआईसी एशिया बैंक (NICA) ले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तका ठूलो परिमाणमा संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
बैंकले लघुवित्तको ४ लाख २७ हजार ५०५ कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि बोलकबोल मार्फत बिक्री गर्ने भएको हो ।
संस्थाले जारी गरेको सूचना अनुसार शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७७ रुपैयाँ तोकिएको छ । भने संस्थापक शेयर बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनसक्नेछन् ।
उक्त संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १६ गतदेखि जेठ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बोलपत्र फारम एनआईसी एशिया क्यापिटल, बबरमहल काठमाण्डौंबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।
बैंकले लिलामीमा ल्याएको उक्त संस्थापक शेयर न्यूनतम बोलकबोल मूल्यमा बिक्री गर्दा पनि बैंकले १६ करोड ११ लाख रुपैयाँ प्रिमियम संकलन गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया