
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन चाँदी दुबैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन प्रतितोला २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ, तेजावी ९३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ, तेजावी ९३ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुन तोलाको ४०० रुपैयाँले घटेको थियो भने चाँदीको मूल्य स्थीर बनेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया