
सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट मार्फत साना किसानका लागि विशेष अनुदान उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धानको बीउ खरिदमा स्थानीय तह मार्फत ५० प्रतिशत अनुदान उपलब्ध गराउने बताएका छन् ।
सरकारले बजेट मार्फत कोरोनाको समयमा तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानलाई २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । अघिल्लो वर्ष पनि दिने घोषणा गरेपनि किसानले त्यो पाउन सकेका थिएनन् ।
अर्थमन्त्री विष्णु पौडेलले ‘फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान दिने घोषणा गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया